वीरगंज १७ पुस/ राजनीतिक दलका नेताहरु आफ्नै तालमा हिडिरहेकोले नागरिकले नयाँ संबिधान पाउने आशा माथि तुसारापात भईरहेको ठहर जनचेतना जागरण अभियान बाराको ठहर रहेको छ । बाँकी समाचार.......
साथै संस्थाले बिभिन्न ११ सुत्रिय माग पुरा गर्नको लागि प्रधानमन्त्री माधवकुमार नेपाललाई जिल्ला प्रशासन कार्यालय बाराको मार्फ एक ज्ञापनपत्र पनि बुझाएको छ । अब बन्ने नयाँ संबिधानमा छुवाछुत तथा लैंगिक सवाल बिरुद्धको उजुरीमाथि चाडै सुनवाई तथा दोषीमाथि कारवाही गर्न, दाईजो लिने र दिने दुबैलाई कानुन संसोधन गरी फौजदारी कानुनअर्न्तगत कारवाही गर्न माग गरिएको छ । बलात्कारीलाई धरौटीमा रिहा र दण्ड मिनाहा गर्ने कानुन खारेज गर्न तथा बोक्सीको आरोप लगाई शारीरिक एवं मानसिक यातना दिनेलाई कानुन बनाई कारवाही गर्न माग गरिएको छ । बाराको बिभिन्न गाउँबाट आएको दलित एवं महिलाहरुको र्यालीले जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापन पत्र बुझाएर कलैयाको भरत चोकमा पुगी बृहत भेला गरेको थियो । आयोजक संस्था अभियानका कार्यक्रम संयोजक निभा सिंहको अध्यक्षतामा सम्पन्न सो भेलामा एकिकृत नेकपा माओबादीका नेता मुकेश साह, महिला सुरक्षा समुहका अध्यक्ष बबिता जैसवाल दलित नेताहरु रुपनारायण पासवान, नन्दलाल राम, बच्चा पासवान, जगत गोर्साई, किशोरी राम, चम्पादेबी राम लगायतकाले सम्बोधन गर्दै दलित तथा महिलाहरुको अधिकार नयाँ बन्ने संबिधानमा सुनिश्ति गर्नमा जोड दिए । एक्सन एड नेपालको सहयोगमा भएको सो कार्यक्रमको सञ्चालन कल्पना चौधरीले गरेका थिए ।
No comments:
Post a Comment