सामान सहित चोर पक्राउ
बीरगंज १६ पुस/ वीरगंजमा चोरीको गिरोह सञ्जाल गर्ने एक चोरलाइ चोरीको सामान सहित आज प्रहरीले पक्राउ गरेको छ । बाँकी समाचार.......
भारत मोतिहारी घर भई हाल वीरगन्जको विभिन्न स्थानमा डेरा गरी बस्दै आएका ३० वर्षीय हरि दासलाइ चोरीको विभिन्न सामानसहित जिल्ला प्रहरी कार्यालयले वीरगन्जको रानिघाटबाट पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा दासलाइ वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १४ रानीघाटमा रहेको डेराबाट प्रहरीले टिभी दुइ थान, ग्यास सिलिन्डर दुइ थान, चामल दुइ बोरा, कपडा, भाँडा बर्तन लगायत एकजिप सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालया प्रवक्ता प्रहरी निरीक्षक भीमबहादुर बोगटीले जानकारी दिनुभयो । दास वीरगंजमा रिक्सा चलाउने बहानामा घर हेर्ने र रातीमा आफ्ना गिरोहको सहयोगमा घर नै पूरै सफा गरिने गरेको प्रवक्ता बोगटीले बताउनुभयो । दास वीरगन्जमा हुने गरेको चोरीको मुख्य नाइकेनै भएको र उनको गिरोहसमेत रहेको प्रहरीले जनाएको छ । चोरी गरिएका सामान राख्न दासले वीरगन्जको कुम्हालटोल, छपकैया र रानिघाटमा डेरा रहेको प्रहरीले जनाएको छ । दासका अन्य साथीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । विगत तीन-चार महिनाभित्र वीरगन्ज नगरभित्र चोरीको घटनामा अत्यधिक वृद्धि भएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment