युनियन सुद्धिढीकरण बिषयक एक दिने गोष्ठी
बीरगंज १६ पुस/ लोकतान्त्रीक शिक्षक युनियनले पर्साको युनियन सुद्धिढीकरण बिषयक एक दिने गोष्ठी आज बीरगंज रात्री माध्यमिक बिधालयमा सम्पन्न भएको छ । बाँकी समाचार.......
पुर्व शिक्षा मन्त्री रामचन्द्र कुशवाहाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा युनियन कस्तो हुनु पर्ने, शिक्षाको काम कारवाही, युनियन नेता कस्तो हुनु पर्ने भन्ने बिषयमा शिक्षक सेवा आयोगका गतिबिधीका बारेमा शिक्षक सेवा आयोगका जोगेन्द्र प्रकाश कुर्मीले प्रकाश पार्नु भयो । छलफलमा हुने निर्णयलाइ शिक्षा मन्त्रालयमा पठाउने बताइएको छ । साथै उक्त कार्यक्रममा शिक्षा मन्त्रालयको काम कारवाही गतिबिधी कमजोर देखिएका कारण यसलाइ सुधार गर्नु पर्ने आवश्यक रहेको बताइएको
छ । युनियनका जिल्ला अध्यक्ष हरिहर साहको अध्यक्षतामा कार्यक्रम समपन्न भएको थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment