तीन ठूला दलकै कारण कार्यदल निष्कृय हुन पुगेको - फोरम अध्यक्ष यादव
बीरगंज १६ पुस/ मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले 'माओवादी उल्टो बाटोमा हिडी रहेको छ, आजको युग समानता, प्रेस स्वतन्त्रता,बहुदलिय व्यवस्था लगायत लोकतान्त्रिक मूल्य मान्यताको हो, सैनिक शासन, तानाशाही,धार्मिक लगायत जस्तो जुसै अधिनायकवादी शासनको युग समाप्त भई सकेको बताउनु भएको छ । बाँकी समाचर....
रिपोर्टस क्लव नेपाल पर्साले द्वारा आज वीरगंजमा आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले भने माओवादीले भारतनै आफ्नो प्रमुख शत्रु हो भनि अति क्रान्तिकारी नबन्न उसलाई सुझाव दिंदै यसबाट मुलुक थप दिशाहिन बन्ने बताउनु भयो । वहाँले माओवादीले एकदलिय तानाशाही व्यवस्थाका लागि हाल संघर्ष गरेको भए उसलाइ त्यसो नगर्न सुझाव दिएका छन् । एमाले माधव कुमार नेपाल नेतृत्वको सरकारलाइनै तानेर लग्ने मनस्थितिमा रहेकाले समेत समस्या जटिल बन्दै गएको अध्यक्ष यादवले टिप्पणी गर्नु भयो । अब फोरम नफुटने दाबी गर्दै बिजय कुमार गच्छदारले फोरमलाई उपप्रधानमन्त्री, भौतिक तथा योजना निर्माण मन्त्रालय र सत्ता लोभका कारण फुटाएको आरोप लगाउदै अध्यक्ष यादवले यही अवस्था कायम रहे ०७ सालको परिवर्तनले ल्याएको उपलब्धि १७ सालमा र ०४६ सालले ल्याएको उपलब्धि ०६२/०६३ मा समाप्त भए जस्तै मधेश आन्दोलन र जनआन्दोलनको उपलब्धिहरु धरापमा पर्ने बताउनु भयो । संचारकर्मीको जिज्ञासामा फोरम अध्यक्ष यादवले फोरम माओवादीसंग सबै मुद्दामा लहसिने नगरेको जिकिर गरे । उनले कुनै पनि पार्टी फुटदा लोकतन्त्र कमजोर हुने बताउदै यादवले तमलोपामा हालै आएको विभाजनले आफूलाई दुखी बनाएको बताए । आफू बिगतमा आबद्ध नेपाल कम्युनिष्ट पार्टी पनि ६० पटक र नेपाली कांग्रेस २७ पटक फुटी सकेको उनले उदाहरण प्रस्तुत गरे । संविधान निर्माणको क्रममा देखिएका विवादको अन्त्य गर्न गठित उच्चस्तरिय कार्यदलले दुइ सय १० विवादलाई झारेर ८३ मा पुर्याएकोमा त्यसको प्रशंसा गर्दै यादवले कार्यदलले थप काम गर्न पाएको बाकी विवादित बिषयहरुको समेत टुंगो लागि सक्ने बताउनु भयो । वहाँले तीन ठूला दल र त्यसमा पनि माओवादीको आन्तरीक विवादको कारण कार्यदल निष्कृय हुन पुगेको यादवको आरोप थियो । संविधान निर्माणका लागि थप गरीएको एक बर्षमध्ये छ सात महिना पनि बित्न लागेको र यस अवधिमा त्यस तर्फखासै काम हुन नसकेको बताउदै अध्यक्ष यादवले शान्ति प्रकृया र संविधान निर्माणको कार्यलाई यहा सम्म ल्याउने बिशेष भूमिका खेलेको अनमिनको म्याद सकिनै लागेको र उ फिर्ता गई सकेपछि सेना समायोजन कसरी हुने भनि टुंगो लगाउने भरपर्दो बिकल्प समेत नरहेकाले अनमिन फर्के लगत्तै शान्ति प्रकृया बिफल हुने बताउनु भयो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment