बैङकको नवौ क्षेत्रीय अधिबेशन बीरगंजमा शुरु
बीरगंज १६ पुस/ राष्ट्रिय वाणिज्य बैङक कर्मचारी संघका केन्द्रिय अध्यक्ष नारायण सुबेदीले बितीय संस्थाहरुले भ्रष्टाचारीहरुलाइ पालिरहेका छन् तर कर्मचारीहरुलाइ सुबिधा सहुलियतहरु नदिएको बताउनु भएको छ । बाँकी समाचार.......
राष्ट्रिय वाणिज्य बैङक कर्मचारी संघ नेपाल क्षेत्रीय समितीले आज देखी बीरगंज स्थित कलवार कल्याण समितीमा आयोजना गरेको नवौ क्षेत्रीय अधिबेशनको उदघाटन गर्दै केन्द्रिय अध्यक्ष सुबेदीले संघलाइ बचाउनका लागि कर्मचारीहरुले अथक प्रयास गर्नु पर्ने बताउनु भयो । वहाँले वाणिज्य बैङकका बोर्डले ७५ जना नयाँ कर्मचारीलाइ नियुक्ती गर्ने निर्णय गरेको बताउदै केन्द्रिय अध्यक्ष सुबेदीले बैकङीक क्षेत्रमा कार्यरत कर्मचारीहरु सुरक्षित नरहेको बताउनु भयो । वहाँले ब्यवस्थापन पक्षले कर्मचारी माथि बिभेद निती त्यागनु पर्ने बताउनु भयो । राष्ट्रिय वाणिज्य बैङक कर्मचारी संघका जिल्ला अध्यक्ष कृष्ण बहादुर राय माझीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कर्मचारी संघका केन्द्रिय पदाधिकारी, नेपाल बैङक कर्मचारी संघका कृष्ण श्रेष्ठ, नेपाल बैङक लिमिटेड कर्मचारी संघका रोशन श्रेष्ठ, क्षेत्रीय प्रबन्धक अमरेन्द्र कुमार देव लगायतले आफ्नो मन्तब्य दिएका थिए । भोली सम्म चल्ने सो अधिबेशनमा नारायणी र जनकपुर अंचलबाट प्रतिनीधिहरुको सहभागिता रहेको बताइएको छ । कार्यक्रममा सरस्वती सेढाइले स्वागत भाषण गर्नु भएको थियो भने संचालन राजु उपाध्यायले गर्नु भएको थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment