Pages

प्रजिअ द्वारा क्लब उदघाटन














बीरगंज ३ पुस/  पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले स्थानिय युवाहरुले  आफ्नो टोलको सरसफाईको साथै चुनौतिको रुपमा रहेको लागु औषधका दुर्ब्यसनीलाई न्युनिकरण गर्न र अन्य समाजिक बिकृती बिसंगती हटाउन संगठन मार्फ सकृय रुपमा लागनु पर्ने बताउनु भएको छ । बाँकी समाचार .........



बीरगंज उपमहनगरपालिका वडा नम्बर-१५ श्रीपुरमा आयोजित श्री बौधीमाई कुमारी युवा क्लब तथा समाज कल्याण संस्थाको आज एक समारोह बीच उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी झाले समाज राम्रो काम गर्ने यस्ता संस्थामा कुनै प्रकारको समस्य आए आफु हरहमेसा सहयोग गर्न अगाडी रहने प्रतिब्धता समेत जनाउनु भएको छ । वहाँले क्लबले अगामी दिनमा समाजमा राम्रो काम गर्न सक्ने अपेक्षा लिएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी झाले परिवर्तनमा युवाहरुको अग्रणी भुमिका हुने हुदा युवाहरु अनुशासित हुन जरुरी रहेको बताउनु भयो । क्लबका अध्यक्ष जहावरलाल साहको अध्यक्षतामा भएको उद्घाटन समारोहमा बीरगंज उपमहनगरपालिकाका कार्यकारी अधिकृत शिवदत्त भट्टर्राई, मधेशी जनअधिकार फोरम पर्साका अध्यक्ष शशिकपुर मियाँ, ठाकुराम क्याम्पसका स्वबियु सभापति मुकेश दुबेदी लागातले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

No comments:

Post a Comment