गलत संस्कृतीले मधेश पछाडी परेको - ठाकुर
बीरगंज ३ पुस/ तराइ मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले वहाँले हिंसाको बाटोवाट कुनै पनि समस्य सामाधान नहुने भएकाले शान्तिपुर्ण ढंगबाट आफनो हकअधिकारका लागि आवाज उठाउनु पर्ने बताउनु भएको छ । बाँकी समाचार........
पार्टी निकट तराइ मधेश लोकतान्त्रिक बुद्धीजिबी संघ पर्सा शाखाको आज बिहान बीरगंजमा उदघाटन गर्दै अध्यक्ष ठाकुरले तराइ मधेशको समाजमा सदियौ देखि कायम रहेका दाइजो प्रथा, बालबिवाह, असुरक्षा, बेरोजगारी लगायतका धर्मिक संस्कृतीक बिकृतीका कारण नै मधेश पछाडी परेको बताउनु भयो । नेपालमा संबिधान र सरकार निर्माण नभएका कारण हत्या हिंसा जस्ता अराजक्ता मौलाउँदै गएकाले यसको अन्त्यका लागि सबै एक जुट भएर अगाडी बढने आवश्यक्ता रहेको भन्दै अध्यक्ष ठाकुरले मधेशी समाजमा जरा गाडेर रहेका बिभिन्न गलत संस्कृती र बिकृतीका कारण नै मधेश पछाडी परेको बताउनु भयो । आफुहरुको लडाइ कुनै जाती बिषेश संग नभई गरिबी, अशिक्षा, बेरोजगारि संग रहेको बताउदै शिक्षीत र स्वस्थ्य समाज निर्माण भए मात्र मधेशीहरुको हकअधिकार सुनिश्चित हुने बताउदै तर्राई मधेश पछाडी पर्नुमा खसवादी सासक पनि कारक रहेको बताउनु भयो । यसैबीच बीरगंजको समझना होटलमा बस्नु भएका अध्यक्ष ठाकुरलाई पार्टीकी केन्द्रिय सदस्य शेखचान्द तारा र्समर्थकका कार्यकर्ताहरुले आज बिहान आधा घण्टा घेराउ गरेका थिए । गएको पुस १ गते भएको कार्यक्रममा तर्राई मधेश लोकतान्त्रिक पार्टी निकट मधेश मुस्लिम संघका केन्द्रिय अध्यक्ष शेख मन्सुर बाबु आलम माथि गएको पुस १ गते बीरगंजको नगर सभागृहमा हातपात भएको भन्दै घटनाका दोषीलाई कारवाही गर्नु पर्ने भन्दै अध्यक्ष ठाकुरलाई घेराउ गरेका थिए । घटनाका दोषीलाई कारवाही गर्ने आस्वाशन दिए पछि अध्यक्ष ठाकुर बुद्धीजिवी संघको कार्यक्रममा सहभागिहुन होटलबाट बाहिर निस्कनु भएको थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment