बीरगंज ५ पुस/ पर्साको पकहा मैनपुर गाविसमा रहेको श्रीराम चरित्र भगत उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुवोध पाण्डेलाई एक कार्यक्रम विच सम्मान तथा विदाई गरिएको
छ । बाँकी समाचार........
विद्यालयमा आयोजित एक कार्यक्रममा उनलाई सम्मान गरिएको हो । विद्यालय व्यवस्थापन समितको अध्यक्षको रुपमा कार्य अवधीभरी राम्रो काम गरेवापत विद्यालयका प्रधानाध्यापक गौरिशंकर महतोले दोसल्ला ओर्ढाई सम्मान गर्नुभयो । सम्मान कार्यक्रममा विद्यालयमा समितीका सदस्यहरु विनोद मेहता, सुरेश यादव, सुकदेव महतो, विजय चौहान, रामबाबु साह, मदन साह कानु त्यसैगरी शिक्षकहरु हरिनारायण मेहता, मुनिलाल महतो तथा हरिनारायण चौरसियालाई समेत दोसल्ला ओढाइ सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रंधानाध्यापक गौरीशंकर महतोलाई पनि आयोजक समितीले सम्मान गरिएको थियो ।
No comments:
Post a Comment