आर्बुद रोग लाग्दैमा आतीनु नपर्ने भन्दै यसको समना गर्नुपर्ने - प्रजिअ झा
बीरगंज ५ पुस/ पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले आर्बुद रोग लाग्दैमा आतीनु नपर्ने भन्दै यसको समना गर्नुपर्ने बताउनु भएको छ । बाँकी समाचार........
नेपाल आर्बुद रोग निवारण संस्था पर्सा शाखाले आयोजना गरेको ९ औ महाधिवेशनलाई सम्बोधन गर्दै अधिकारी झाले मानव शरिरमा लाग्ने विभिन्न रोग मध्ये क्यान्सर पनि एक रोग हो तर यसबाट नडरी खुल्ला रुपमा यसको सामनागरी यसको समाधानका लागि रोकथाम एवं उपचार गर्न सकिने बताउनु भयो । वहाँले यो रोग सुर्तीजन्य पदार्थबाट लागिने भएकोले क्यान्सर रोगलाई फैलनदिनको लागि शहरमा मात्र केन्द्रित नभई गाउ घरमा विभिन्न पम्पलेट, प्रचार प्रसार, जनचेतना मुलक कार्यक्रम लगायतका कार्यक्रम मार्फ चेतना फैलाएमात्र यसको निराकरण गर्न सकिने बताउनु भयो । अर्बुद रोग निम्त्याउने माध्यमलाई आ-आफनो क्षेत्रबाट टठस्थ लागि परेमा विस्तारै विस्तारै यसमाध्यमलाई निरुत्साहि गर्न सकिने समेत वहाँले बताउनु भयो । कार्यक्रममा संस्थाका सचिव र कोषाध्यक्ष छुटा छुटै गत वर्षसम्पन्न कार्यक्रम, भावी कार्यक्रम र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । संस्थाका सचिव गंगा बहादुर कार्कीले गत वर्षर भावी कार्यक्रमको प्रतिवेदन प्रस्तुत गर्दे अर्बुद रोग निरुत्साहित गर्नको लागि यसवर्षजनचेतनालाई बढी नै फोकस गरी विद्यालय स्तरमा जनचेतना मुलक निबन्ध प्रतियोगिता, चित्रकला, बक्तीत्वकला लगायत लोक दोहरी गीत प्रसार गरीनुका साथै विभिन्न धुम्रपान दिवसहरुलाई प्राथमिक दिईएको जानकारी गराउनु भयो । वहाँले अगामी वर्षा पनि जनचेतना मुलक कार्यक्रमहरु लाई पहिलो प्राथमिकतामा राखी गत वर्षसंचालन गरिएको जनचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिई सम्बन्धीत विषयका विशेषज्ञहरुबाट प्याप स्मीयर सेवा र क्यान्सर रोगको स्वास्थ्य शिविर ग्रामिण र शहरी क्षेत्रमा संचालन गर्ने जानकारी दिनुभयो । त्यसैगरी आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सस्थाका कोषाध्यक्ष अर्जुन सिंह ठकुरीले विभिन्न चेतना मुलक कार्यक्रममा गत बर्ष ०६६/०६७ मा विभिन्न श्रोतबाट संकलन भएको कुल २७ हजार ९ सय ६० रुपैयामा २७ हजार ९ सय ६० रुपैया नै खर्च भएको बताउनु भयो । वहाँले अगामी वर्ष ०६७/०६८ मा विभिन्न लक्षित कार्यक्रममा अनुमानित १ लाख ४३ हजार २ सय खर्च हुने बताउनु भयो । सस्थाका अध्यक्ष गंगा बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका संस्थापक पशुपति व्रि्रम शाह, उपाध्यष उषा शाह, नेपाल पत्रकार महासंघ पर्साका सचिव केसि लामिछाने, समाजसेवक मोहनलाल राजपाल लगायतले आर्बुद रोग निवारणको लागि आ-आफनो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताएका छन ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment