छुट्टाछुट्टै स्थानबाट २ वटा चोरीको गाडि बरामद
वीरगंज ८ पुस/ सिमा सुरक्षा बल ससस्त्र प्रहरी भन्सार गस्ति टोलिले छुट्टाछुट्टै स्थानबाट २ वटा चोरीको गाडि बरामद गरेको छ । बाँकी समाचार........
ससस्त्र प्रहरी र वीरगंज भन्सारको एक टोलिले आज विहान बाराको परवानिपुर स्थित दिल्ली पब्लिक स्कुलमा पार्किङ गरी राखेको ना.१.च ९१२९ नम्वरको महेन्द्रा बोलेरो कार बरामद गरेको छ । यसैगरी गए राति ससस्त्र प्रहरी निरिक्षक लिलि बहादुर चन्दको नेतृत्वमा रहेको एक टोलिले वीरगंजको प्रतिमा चोक नजिकै बाट चेकजाँचको क्रममा एक भारतिय टाटा इन्डिका कार पक्राउ गरेको छ । चेक जाँचका क्रममा ग.७५.प ५४६३ नम्वरको भारतिय टाटा इन्डिका कार बरामद गरेको ससस्त्र प्रहरी निरिक्षक चन्दले जानकारी दिनु भयो । पक्राउ परेको दुवै कारलाई भंसार बुझाईएको ससस्त्र प्रहरी सहायक निरीक्षक मधु गौतमले जानकारी दिनु भयो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment