बीरगंज ७ पुस/ पर्साको रामगढ्वा-६ मा रहेको अमृत राइस मिलको फित्तामा बेरीएर एक जना मजदुरको मृत्यु भएको छ । बाँकी समाचार.......
सोहि मिलमा कार्यरत पर्सा उदयपुर घुर्मि वडा नम्वर-३ घर भइ हाल बाराको लिपनि गाविस-९ चैनपुर निवासि ४५ बर्षीय नागेन्द्र प्रसाद यादव रहेको प्रहरीले जनाएको छ । आज विहान साँढे ६ बजे मिलमा काम गरीरहेका यादव अचानक मिलको फित्तामा बेरिएर गम्भिर र्घाईते भएका थिए । गम्भिर रहेका यादवको नारायणी उपक्षेत्रिय अस्पताल वीरगंज ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
No comments:
Post a Comment