Pages

फोनबाट धम्कि दिई रकम असुल्ने तीन पक्राउ

बीरगंज ७ पुस/  जिल्ला प्रहरी कार्यालय पर्साले फोनबाट धम्कि दिइ रकम असुल्ने गिरोहमा संलग्न तीन जनालाइ पक्राउ गरेको छ । बाँकी समाचार.......


जिल्ला प्रहरी कार्यालयको क्राइम टोलीले गए राति गण्डक चोक नजिकैबाट उनिहरुलाइ पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्साको मनियारी निवासी १६ बर्षीय कृष्ण पटेल, १७ बर्षीय रामजी प्रसाद कुर्मि र जिल्लाकै मनियारी निवासी १७ बर्षीय विरेन्द्र राउत कुर्मि रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाइ जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइ रहेको पर्साका प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठले बताउनु भएको छ ।

No comments:

Post a Comment