Pages

मुन्नी बदनाम मात्र भइन्न पक्राउ समेत परिन























बीरगंज ११ पुस/  मुन्नी बदनाम हुइ डार्लीङ तेरे लिएको धुनमा बीरगंजको एक होटलमा कम्मर मटकाइ रहेका चार जना युवती तथा होटल संचालकलाइ जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरि आज र्सार्वजनिक गरेको छ । बाँकी समाचार........




जिल्लामा हुने अपराधिक गतिबिधी बम, बिस्फोट, धम्की आतङक जस्ता कुरालाइ नियन्त्रण गर्न नसकेको पर्सा प्रहरीले नाच गान गरि रमाइ रहेका ४ जना भारतीय युवती तथा होटल संचालकलाइ नृत्य गरेको कसुरमा पर्सा प्रहरीले पक्राउ गरेर ठुलै पुरुर्सार्थ गरेको पत्रकार सम्मेलनमा जनाएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव निरीक्षक योग बहादुर पालले आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा सुराकीको आधारमा बीरगंज उपमहानगर पालिका वडा नम्बर-१९ स्थित शिखर होटलको भवनबाट सोमबार राती करिब साढे ९ बजेको समयमा पर्सा प्रहरीले छापामारी गरि आकृती डान्स बार खोली अश्लिल नृत्य प्रदर्शन गर्ने तथा गराउने ५ जना पक्राउ गरेको बताउनु भएको छ । पक्राउ पर्नेमा डान्स बारका नृत्य गर्ने भारत लखनउ निवासी १७ बर्षीया लक्ष्मी कुमारी यादव उर्फमुन्नी, १९ बर्षीया पायल सिंह, कलकता निवासी २१ बर्षीया टुम्पा मण्डल, १९ बर्षीया नेशा खातुन र डान्स बारको मेनेजर भारत बिहार हाजीपुर निवासी गुरु प्रकाश सिंह समेत पक्राउ परेका हुन् । पक्राउ परेका सवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment