Pages

बारामा ठुलो परिमाणमा बहुमुल्य काठ बरमाद

बीरगंज १२ पुस/  बाराको रतनपुरी गाविस-७ डम्बरपुर क्षेत्रबाट ठुलो परिमाणमा बहुमुल्य सालका काठ बरामद गरिएको छ । बाँकी समाचार......
जिल्ला वन कार्यालय बारा र शसस्त्र प्रहरी बल भद्रकाली गणबाट खटिएको सयुक्त गस्ति टोलीले करिव चार करोड मुल्य बराबरको ४ हजार सेफ्टी सालको गोलाई बरामद गरिएकको हो । स्थानिय पसाह नदी किनारमा लुकाएर राखिएको सालका गोलाई विक्रीका लागि तयारी अवस्थामा थियो । सोही ठाउँमा राखेर चिरेको चिरान काठ समेत भेटिएको छ । सो क्षेत्रमा दुइवटा सामुदयीक वन र हरखोरिया रेन्ज पोष्ट रहेका छन् । हेटौडाका काठ तस्करको गिरोहले बस, ट्रकको बडिको लागि काठ तस्करी गर्ने गरेको स्रोतको दावी छ । काठ तस्करीकमा स्थानीय सामुदायीक वन र वनका कर्मचारीको समेत संलग्नताको रहेको बताइन्छ । हलखोरिया रेन्ज पोष्टका रेन्जर राम मनोहर साहलाई काठ तस्कर संग मिलेमत्तो रहेको भन्दै जिल्ला वन कार्यालय बाराले कारवाही अगाडी बढाएको बताइएको छ । इलाका वन कार्यालय निजगढका वन अधिकृत दिर्घराज कोईरालाले तस्करले लुकाएर राखेको काठ बरमाद गरिएको जानकारी दिनुभयो । स्थानिय शिव शक्तिश्वरी वन उपभोक्ता समुहका अध्यक्ष विष्णु घलानले वन जोगाउन पर्ने बताउनु भयो । उहाँले काठ बरामद गर्न आफ्नो उपभोक्ता समितिले सहयोग गरेको जानकारी दिनुभयो । बरामद गरिएको काठ पसाहा रेन्ज पोष्टमा संकलन गरि राखिने साहायक वन अधिकृत महमद समी उल्लाहले जानकारी दिनुभयो ।

No comments:

Post a Comment