Pages

फोनबाट धम्की दिने तीन पक्राउ


  















 



बीरगंज ११ पुस/  जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलनको आयोजना गरि अपराधिक कृयाकपालमा संलग्न रहेको आरोपमा तीन जनालाइ पक्राउ गरि सार्वजनिक गरेको छ ।
बाँकी समाचार.......


पर्सा जिल्ला लिपनी बिर्ता-९ निवासी २२ बर्षीय रामजी प्रसाद राउत कुर्मी र जिल्ला पसा भवानीपुर-७ निवासी ३५ बर्षीय बिरेन्द्र प्रसाद राउत कुर्मीलाइ ब्यापारी तथा र्सवसाधारणहरुलाइ भुमिगत अपराधिकको नाममा फोन मार्फ धम्की दिइ तीन लाख फिरौती माग गरेको उजुरीका आधारमा पर्साको गण्डकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा पर्साका प्रहरी नायव उपरिक्षक योग बहादुर पालले पक्राउ परेका रामजी प्रसाद राउत कुर्मीको साथबाट १ थान कटुवा बन्दुकको गोली समेत फेला परेको बताउनु भयो । त्यसैगरि बिभिन्न भुमिगत समुह संग संलगन रहेको र फोन मार्फ धम्की दिइ फिरौती माग गर्ने गरेको सुचनाको आधारमा भारत बिहार मोतिहारी जिल्ला चकिया थाना निवासी २३ बर्षीय चर्चित सोनु यादवलाइ पक्राउ गरिएको पत्रकार सम्मेलन मार्फ जनाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पक्राउ गरेको यादवको साथबाट १ थान कटुवा बन्दुकको गोली समेत फेला परेको छ ।

No comments:

Post a Comment