बीरगंज ७ पुस/ बीरगंज कलैया सडक खण्ड अन्तर्गत बाराको प्रसौनीमा आज बिहान भएको सडक दुर्घटनामा सात जना घाइते भएका छन् । बाँकी समाचार.......
प्रसौनीबाट धान बोकेर बीरगंज तर्फ आउदै गरेको ना.२.ख ६०८३ नम्बरको ट्रक र बीरगंजबाट कलैया तर्फ जाँदै गरेको ना.४.ख ४२४२ नम्बरको बस आज बिहान साढे सात बजे एक आपसमा ठोकीदा बसमा रहेका ६ यात्री घाइते भएका छन् । गम्भिर घाइते हुनेमा महेशपुर-४ निवासी ४५ बर्षीय केवल चौधरी रहेका छन् । अन्य घाइतेहरुमा मेहशवरकी ४५ बर्षीय कलमा खातुन, कलैया नगरपालिका-३ निवासी ३३ बर्षीय खतीमा खातुन, दोहरी गाबिसका ५० बर्षीय कलमादिन अंसारी, कलैया नगरपालिका-८ निवासी ४५ बर्षीय जयलाल साह र उनकी श्रीमति ३५ बर्षीय ललीता देबी रहेका छन् । घातेहरुको जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बसका चालक फरार रहेका छन् भने बस र ट्रक तथा ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ । त्यसैगरि सोही स्थानमा टेम्पो एक आपसमा ठोकीदा २ जना घाइते भएका छन् । कलैयाबाट बीरगंज तर्फआइरहेको ना.१.ख ४२९२ र बिपरी दिशाबाट आइरहेको ना.१.ख १०३९ नम्बरको टेम्पो ठोकीदा प्रसौनी गाबिस-छ निवासी मुन्ना मियाँ घाइते भएका छन् । घाइतेहरुको नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमा उपचार भईरहेको छ । त्यसैगरि वीरगंज कलैया सडक खण्ड अन्तर्गत बाराको मोतिसरमा आज त्रि्र गतिमा रहेको यात्रुबाहक बस दुर्घटना हुँदा २ दजन घाइते भएका छन् भने ४ जनाको अवस्था गम्भिर रहेको छ । वीरगंजबाट कलैया तर्फगईरहेको ना.३.ख ३८०६ नम्वरको मिनि बस मोतिसर वडा नम्वर-९ बंगरी पुल नजिकै अनियन्त्रित भइ अचानक पल्टीदा सोमा सवार यात्रुहरु घाइते भएका हुन् । गम्भिर घाइते हुनेमा जिल्लाकै भलुहिभर्वलिया-९ निवासि २८ बर्षीय गम्भिरा महतो, बकुलीया-२ निवासि ६६ बर्षीय किसोरी साह, खटुवा प्रसौनी-४ निवासि ६५ बर्षीय पतकिया देवी र कलैया-१ निवासि ५० बर्षीय भरनि मण्डल रहेको प्रहरीले जानकारी दिएको छ । घाइते सवैको अहिले नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमा उपचार भइरहेको छ । बस प्रहरीको नियन्त्रणमा रहेको र चालक फरार रहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment