चोरीको मोटरसाइकल पक्राउ
वीरगंज ८ पुस/ पर्सा जिल्लाको लहावर थकरी गाविस वाड नम्बर-६ खेश्राहा टोलबाट प्रहरीले आज चोरीको मोटर साइकल पक्राउ गरेको छ । बाँकी समाचार......
आज दिउसो करीब २ बजे खेश्राहा प्रहरी चौकीले सुराकीको आधारमा स्थानिय अमेरीका पटेलको घरमा छापामारी गरी अन टेस्ट लेखिएको हिरो होन्डा मोटर साइकल बरामद गरेको बताइएको छ । सो मोटर साइकललाइ खेश्राहा प्रहरी चौकीमा राखी थप अनुसन्धान भइरहेको प्रहरी चौकी इन्चार्ज रामेश्वर सहनीले बताउनुभयो । यता उक्त मोटर साइकललाइ छुटाउन स्थानिय राजनैतिक दलका नेताहरु प्रहरीलाइ दबाव दिइरहेको बुझिन आएको छ ।
No comments:
Post a Comment