Pages

वनगस्ती टोली र काठ तस्कर बीच गोली हानाहान

बीरगंज ८ पुस/ रौतहटको बलेरी जंगलमा बनगस्ती टोली र काठ तस्कर समूह बीच अहिले दोहोरो गोली हानाहान भइरहेको समाचार प्राप्त भएको छ । बाँकी समाचार........
   

जिल्ला वन कार्यालय रौतहटका सहायक वन अधिकृत उपेन्द्र जयसवालले जानकारी दिनु भए अनुसार वनगस्ती टोलीले काठ तस्करी भइरहेको अवस्थामा सात टायर काठ बरामद गरेपछि करिब तीन दर्जनको संख्यामा रहेका काठतस्करहरुले वनगस्तीमाथि गोली प्रहार गर्न शुरु गरेका थिए । काठ तस्करबाट गोली चलाउन शुरु भएपछि वनगस्ती टोलीले पनि गोली चलाउन शुरु गरेका हुन । अहिले सो स्थलमा सशस्त्र प्रहरीका डिएसपीको कमाण्डमा वनगस्ती टोलीको सुरक्षाका लागि घटनास्थलमा सशस्त्र प्रहरी पुगेपछि वनतस्कर समूह वाग्मति नदि पारी र्सलाही तर्फगोली फायरिंग गर्दै भाग्न शुरु गरेको सहायक वन अधिकृत जयसवालले जानकारी गराएका छन् ।

No comments:

Post a Comment