Pages

सडक दुर्घटनामा एकको मृत्यु, आठ घाइते

वीरगंज ८ पुस/  टेम्पो दुर्घटना हुदा दुइ भारतीय नागरिकसहित छ यात्रु घाइते भएका छन् ।
बाँकी समाचार.......


आज बिहान सिमावर्ती सहर रक्सौलबाट यात्रु लिइ वीरगंज तर्फआउदै गरेका ना.१.ह ८२३ नम्बरको टेम्पो वीरगंजको घण्टाघर लिङकरोड स्थित कुमकुम होटल अगाडि पल्टिदा सो दुर्घटना भएको हो । तीव्र गतिमा रहेको टेम्पोको स्टेरिङ भाचिएर अनियन्त्रित भई पल्टिदा टेम्पोमा सवार यात्रुहरु घाइते भएका हुन् । घाइतेहुनेमा भारत पूर्वी चम्पारण मोतिहारीका दिपक कुमार कलवार, पूर्वी चम्पारण सुगौलीका रोशनतारा, पर्सा भिस्वा गाविसका खुर्शेद मियाँ, मनिफ मिया लगायतका रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । घाइते सबैको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ भने दिपक कुमार कलवारको अवस्था गम्भीर रहेको अस्पताल श्रोतले जनाएको छ । यसैगरि बारा मटिअर्वा घर भई वसतपुरमा कार्यरत हवल्दार धीरज बस्नेतको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । बीआर २२ एच १५७४ भारतीय नंको मोटरसाइकलबाट श्रीमतीलाइ भेट्न वीरगन्ज जानेक्रममा दुर्घटनामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

No comments:

Post a Comment