Pages

पुर्व युवराजको जन्मोत्सव मनाइयो





























बीरगंज १५ पुस/ पुर्व युवराज पारस विक्रम शाहको ४० औं जन्मोत्सवको अवसरमा आज राष्ट्रिय सरोकार मञ्च नारायणी तथा राष्ट्रवादी संयुक्त मोर्चा पर्साले बेग्ला बेग्लै कार्यक्रम सम्पन्न गर्‍यो । बाँकी समाचार.....


वीरगनजको घण्टाघरमा आयोजित बेग्ला बेग्लै कार्यक्रम राष्ट्रिय सरोकार मञ्च नारायणीले पुर्व युवराज पारस विक्रम शाहको तस्वीरमा माल्यार्पण गर्दै केक काटी भव्य रुपले जन्मोत्सव मनाएको थियो । मञ्चका अञ्चल संयोजक नन्दकिशोर गोयलको नेतृत्वमा सम्पन्न भएको सो कार्यक्रमलाई अरुण विक्रम शाहले संचालन गर्नुभएको थियो । त्यसैगरी आजै राष्ट्रवादी संयुक्त मोर्चा पर्साले पनि वीरगन्जको घण्टाघरमा पुर्व युवराज पारस विक्रश शाहको तस्वीरमा माल्यार्पण गर्दै युवराजको दिर्घायूको कामना समेत गरिएको थियो । सोही अवसरमा घण्टाघरबाट एक र्‍याली समेत निकालेको मोर्चाले पुर्व युवराज पारसको जय जयकार गर्दै नगर परिक्रमा गरेको थियो । सो कार्यक्रम मोर्चाका जिल्ला अध्यक्ष राम अयोध्या पटेलको नेतृत्वमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment