Pages

कर्मचारी कुटपिटको विरोधमा पर्साका सम्पूर्ण सरकारी कार्यालय बन्द

बीरगंज १६ पुस/ कर्मचारीमाथि भएको कुटपिटको विरोधमा कर्मचारी सङ्गठनहरूले पर्साका सबै सरकारी कार्यालय आज एक दिनका लागि बन्द गरेका छन् । बाँकी समाचार.......
 


मालपोत कार्यालय पर्साका कर्मचारीलाई कुटपिट गरेको विरोधमा जिल्लाका सातवटा कर्मचारी सङ्गठनले आज जिल्लाका सबै सरकारी कार्यालय बन्दको आहृवान गरेका हुन् । बन्दका कारण जिल्ला विकास समिति, वीरगन्ज उपमहानगरपालिका, वीरगन्ज भन्सार, जिल्ला मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय, जिल्ला अदालत, भूमिसुधारलगायतका सरकारी कार्यालयको कामकाज ठप्प भएको छ । कार्यालयहरू बन्द भएपछि सेवाग्राहीहरू मर्कामा परेका छन् । गत बुधबार मालपोत कार्यालय पर्सामा शैक्षिक भ्रमणका लागि चन्दा माग्न गएका विद्यार्थीको समूहले कर्मचारी इन्द्र बस्नेतमाथि हातपात गरेका थिए । कुटपिटको विरोधमा मालपोत कार्यालय भने त्यही दिनदेखि बन्द छ । कर्मचारी सङ्गठनहरूले कुटपिटमा संलग्नमाथि कारबाही र कर्मचारीहरूको सुरक्षाको माग गरेका छन् । माग पूरा नभए अझ सशक्त आन्दोलनमा उत्रने कर्मचारी सङ्गठनहरूले चेतावनी दिएका छन् । यता बन्द सरकारी कार्यालय खुलाउन जिल्ला प्रशासन कार्यालयले कर्मचारी सङ्गठनसँग छलफल गर्न आज दिउँसो १ बजे बैठक बोलाएको प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले जानकारी दिनुभयो ।

No comments:

Post a Comment