Pages

सडकबाट हराएको पैसा सिसिटिभिले फिर्ता दिलायो




























 

बीरगंज ९ पुससूचना प्रविधिले मारेको फडकोका कारण प्रहरीलाई घटनाको अनुसन्धान गर्न सहज मात्र भएको छैन र्सवसाधारणको हराएको मालसामान पनि सहजै फेला पर्न सक्छ भन्ने कुरो शुक्रबार वीरगंजमा भएको एक घटनाले प्रमाणित गरेको बाँकी समाचार..........


पर्सा प्रहरीले नगरको बिभिन्न चोकमा निगरानीका लागि हालै जडान गरेको सिसिटिभिका कारण शुक्रबार स्थानीय एक व्यापारीले हराएको आफ्नो करीब एक लाख रुपैया फिर्ता पाएका छन् वीरगंज घण्टाघर चोकमा पान पसल संचालन गरेका चन्द्रिका चौरसियाको घण्टाघर चोकमै बिहान करीब बजे आफूसंग रहेको भारु ६० हजार (नेरु ९६ हजार रुपैया) हराएको थियो फाइनान्समा घर कर्जा तिर्नलाई उक्त रकम लग्दै गर्दा चौरसियाको खल्तीबाट उक्त रकमको बन्डल झरेको थियो आफ्नो रकम हराएको बारे उनलाई तत्कालै जानकारी भएन तर एक बालकले उक्त रकम टिपेर लग्दै गरेको दृश्य छेउमै उभिएका र्सलाही शंकरपुर घर भई हाल वीरगंज राधेमाईमा बस्दै आएका मुनेश कुमार लाय मगरले हेर्दै गरेका थिए उनले ती बालकबाट उक्त रकम लिएर रकम आफूसंग सुरक्षित राखेका थिए त्यो सबै दृश्य घण्टाघर चोकमा जडान गरिएको सिसिटिभि क्यामेराले कैद गरी रहेको थियो चौरसियाले प्रहरीलाई खबर दिएपछि प्रहरीले जिल्ला प्रहरी कार्यालय स्थित सिसिटिभि कन्ट्रोल रुमबाट बिहान बजेको दृश्यलाई अवलोकन गर्दा चौरसियाको रकम लायमगरले राखेको दृश्य देखिएको थियो लायमगरलाई चौरसियाले केही समय अघि स्थानीय पत्रकार कन्हैया गुप्ता संग गफगाफ गरी रहेको देखेको आधारमा उनले गुप्तालाई सर्म्पर्क गरेका थिए गुप्ताले चौरसियालाई लायमगरसंग भेट गर्राई दिए लायमगरले उक्त रकम सहिसलामत अवस्थामा जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक योगबहादुर पालको रोहवरमा चौरसियालाई बुझाएका थिए घर कर्जा तिर्न भनि आफ्ना साढु दाईसंग आफूले उक्त रकम सापट लिएको चौरसियाले बताए गुमी सकेको रकम फेला पर्ला भनि आफूले माया मारी सकेपनि सिसिटिभीको प्रविधि लायमगरको इमान्दारीको कारण आफूले उक्त रकम पुनः फेला पार्न सकेको चौरसियाले बताए उनले हर्षको आंशु चुहाउदै लायमगरलाई पुरस्कार स्वरुप एक हजार सय रुपैया हस्तान्तरण समेत गरेका थिए

No comments:

Post a Comment