तीन दिने तालीम सम्पन्न
बीरगंज ९ पुस/ युएसएआइडी नेपालको सहयोग तथा जिल्ला बाल कलयाण समिती पर्साको आयोजनामा एचआइभी/एड्सबाट प्रभाबित बालबालिकाको संरक्षणका बारे जिल्लाका सरोकारवाला निकायहरुका लागि तीन दिने तालीम आज एक समारोह बीच सम्पन्न भएको छ ।
बाँक सिमाचार......
तालीममा पर्सा जिल्लाका २२ वटा गैरसरकारी तथा सरकारी संघ संस्थाका २२ जना प्रनिधीहरुको सहभागिता रहेको सो तालीममा बाल अधिकार, बाल संरक्षण र एचआइभी/एड्सबाट प्रभाबित बालबालीकाहरुको संरक्षणका बारेमा चन्द्रीका खतीवडा, उमाकान्त चौधरी र शिव बहादुर थापाले प्रशिक्षण दिनु भएको थियो । एचआइभी/एड्सबाट प्रभाबित बालबालिकाको परिस्थितिका बारेमा जानकारी, एड्सबाट प्रभाबित बालबालीकाहरको संरक्षणका लागि जिल्ला स्थरमा योजना तयार गर्ने उद्देश्यले तालीमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment