Pages

बाल प्रशिक्षण कार्यक्रम सम्पन्न

बीरगंज १० पुस/  युसिमासले आज वीरगंज-१४ मुर्लीमा रहेको कादम्बरी सेकेन्डरी स्कुलमा बाल प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बाँकी समाचार........


मंस्तिष्कमा अंकगणीतय विकास होस र बालबालिकाको अध्ययनलाई बढी प्रभावकारी र जीवन्तता प्रदान गर्ने उदेश्यले युसिमासले सो बाल प्रशिक्षणको आयोजना गरेको प्रशिक्षण प्रदिप घिमिरेले जानकारी दिनु भएको छ । प्रशिक्षण कार्यक्रममा निजी विद्यालयका ५ वर्षदेखि १३ वर्षमुनिका ४० जना सहभागि बालबालिकाहरुलाई प्रशिक्षक विनिता गुरुङ र मृदृल भट्टर्राईले मस्तिष्क अकंगणीतय बारेमा प्रशिक्षण दिनुएको थियो । प्रशिक्षणबाट बालबालिकाको मस्तिष्कको विकास हुने र उनीहरुभित्र लुकेर रहेको ज्ञान प्रस्फूटन हुदै दृश्यलोकन क्षमता, कल्पनाशिलता र कार्यकुशलताको पनि विकास हुने प्रशिक्षक घिमिरेले बताउनु भयो । उहाले बालबालिकामा एकाग्रता, तार्किकता र सम्झने शक्तिको विकास हुने भएकाले भविष्यमा आईपर्ने ठूला ठूला सर्घष्ा पनि सजिलै सामना गर्न सक्ने क्षमताको विकास हुने बताउनु भयो ।

No comments:

Post a Comment