निजामती कर्मचारी युनियनमा पुनः सिंह
बीरगंज ११ पुस/ नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम सभासद् रमेश रिजालले लोकतन्त्रको संस्थागत विकासका लागि सबैले लोकतान्त्रिक मूल्य, मान्यता र आचरणलाई व्यवहारमा उतार्नु पर्ने बताउनुभएको छ । बाँकी समाचार.......
नेपाल निजामती कर्मचारी युनियन पर्साको पाँचौ जिल्ला अधिवेशनको यहाँ उद्घाटन गर्दै उहाँले ऐतिहासिक जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई आम नागरिकसम्म पुर्याउने दायित्वलाई निजामति कर्मचारीले इमान्दारीपूर्वक निर्वाह गर्नु पर्दछ भन्नुभयो । केन्द्रीय सदस्य रिजालले बहुलवादलाइ माओवादीले नमानेर मुलुकमा एकदलीय हुकमी शासन लाद्ने प्रयास गरिरहेकाले यसतर्फसबै लोकतन्त्रवादीलाई सचेत रहन आग्रह गर्नुभयो । अर्का सभासद् एवम् नेपाली काँग्रेसका जिल्ला सभापति अजयकुमार द्विवेदीले चेतनाको स्वतन्त्रता नै आस्था हो र आस्थामा विश्वास राख्नेहरु नै सच्चा लोकतन्त्रवादी हुन सक्ने बताउँदै सवल र समृद्ध राष्ट्र निर्माणका लागि सबैले आ-आफ्नो दायित्वलाई इमान्दारीपर्ूवक निर्वाह गर्नुपर्दछ भन्नुभयो । नेपाली काँग्रेसका युवा नेता तथा जिल्ला विकास समितिका पूर्व सभापति जनार्दनसिंह क्षेत्रीले नेपालको लोेकतान्त्रिक आन्दोलनमा निजामती कर्मचारीले पुर्याएको योगदानको प्रंशसा गर्दै लोकतन्त्रको संस्थागत विकासका लागि पनि निजामती कर्मचारीले अग्रणिभूमिका निर्वाह गर्नुपर्नेमा जोडदिनुभयो । युनियनका जिल्ला अध्यक्ष सच्चिदानन्द सिंहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा युनियनका उपाध्यक्षद्वय राजेन्द्र कुमार कर्ण र दुर्गा थापा, केन्द्रीय सदस्य मनोज तिवारी, स्थानीय निकाय कर्मचारी युनियनका जिल्ला अध्यक्ष मकेश्वर ठाकुर, नेपाल ट्रेड युनियन काँग्रेस (स्वतन्त्र) का जिल्ला लक्ष्मण कुर्मी र नेपाल निजामती कर्मचारी सङ्गठनका जिल्ला अध्यक्ष सुवेदारप्रसाद यादव लगायतका ब्यक्तिहरुले पेसागत हकहित र अधिकारका लागि सबै कर्मचारी र त्यस संग आवद्ध सङ्घसंगठनहरुले एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकतामाथि जोडदिनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् रमेश रिजालले युनियनका सङ्गठनात्मक विकास तथा विस्तारमा उल्लेखनीय योगदान पुर्याएवापत निजामती कर्मचारीमध्ये पुष्कर कोइराला, आशा गौतम र भीखमप्रसाद बरैलाई दोसल्ला ओढाएर प्रंशसापत्रद्वारा सम्मान गर्नुभयो । युनियनको पाँचौ अधिवेसनले सच्चिदानन्द सिंहको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्य समिति र्सवसम्मतले चयन गरेको छ । समितिको उपाध्यक्षमा राजेश्वर साह तेली, सचिवमा प्रदीप मेहता, सहसचिवमा इश्वर यादव र कोषाध्यक्षमा विष्णु यादव रहेका छन् ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment