Pages

डाबर नेपालमा अख्तियारको छापा, अग्रिम मिति लेखिएको हजारौ कार्टुन जुस बरामद









































बीरगंज ५ पुस/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज रामपुरटोकनीस्थित बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालिको उद्योगमा छापा मारेको बाँकी समाचार........ 


त्यसक्रममा उसले डाबरको चार प्रकारका ७४ हजार कार्टुन रियल जुस बरामद गरी सिलबन्दी गरेको अख्तियारका सहमहान्याधिवक्ता समिर सिलवालको नेतृत्वमा रहेको टोलीले छापामारी गरेको हो टोलीमा मध्यमान्चल राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख महेन्द्र बानिया, नापतौल तथा गुणस्तर बिभागमा अधिकृत अनुप हलुवाई, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत नाथु साह लगायतका रहेका थिए दिउसो सवा १२ बजे मध्यक्षेत्रिय सशस्त्र प्रहरी बल रुद्रबाहिनी पथलैयाका सुरक्षाकर्मीको टोली सहित उद्योग परिसरमा प्रवेश गरेको अख्तियारको टोली साझ करीब सवा चार बजे बाहिरिएको थियो उद्योगको मूल गेटमा संचारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै अख्तियारका सहन्यायाधिवक्ता सिलवालले आफ्नो टोलीले डाबरको छापा मार्ने क्रममा सन् २०११ को जनवरी ११ को मिति उल्लेखित टाचा मारेको रियल जुसका कार्टुनहरु बरामद भएपछि त्यसलाई जफल गरी सिलबन्दी गरीएको बताए जुसको कार्टुनमा उल्लेखित उत्पादन मिति भन्दा करीब एक महिना अघिकै मितिको जुस उत्पादन गरीएको पाइएकाले त्यसलाई जफत गरीएको सिलवालले बताउनु भएको आफ्नो टोलीले जफत गरीएका सबै जुसको मुचुल्का तयार पारेर लगेको अब कानून बमोजिमको कारवाही प्रकृया अगाडि बढाइने सिलवाले बताउनु भयो अघिल्लो मितिमा जुस उत्पादन गरेर भण्डारण गरी राख्ने कामले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले छापा मार्ने काम भएको सिलवालले बताउनु भयो उहाले आफ्नो कार्यालयमा डाबरको उद्योगमा यसप्रकारले उपभोक्ताको स्वास्थसंग खेलवाड गरेर जुस उत्पादन हुने गरेको व्यहोराको उजुरी शुक्रबार परेपछि छापा मारीएको बताउनु भयो

No comments:

Post a Comment