बीरगंज ६ पुस/ पर्सा जिल्ला बिश्रामपुर वार्ड नम्बर-५ मा प्रहरी र तस्कर बीच भएको दोहोर भीडन्तमा प्रहरीले चलाएको गोली लागि पर्साको विश्रामपुर गाविस वडा नम्वर-८ निवासि ४५ बर्षीय कमरुल अंसारीको मृत्यु प्रहरीले जनाएको छ । बाँकी समाचार.......
गए राती सो क्षेत्रबाट तस्करहरुले लागु औषध गाँजा भारत तर्फलैजाँदै गरेको अवस्थामा विन्दावसिनी प्रहरी चौकिका प्रहरी सहायक निरिक्षक विष्णु बहादुर आलेको नेतृत्वमा रहेको गस्ति टोली र तस्कर बीच दोहोर भिडन्त हुदा प्रहरीले चलाएको गोली लागि अंसारीको मृत्यु भएको बताइएको छ । घटना स्थलबाट प्रहरीले छ सय ९० किलो लागुँ औषध गाजाँ बरामद गरेको छ । यता मृतकका भाइ अलि अख्तर अन्सारीले मृतक कमरुल निर्दोश रहेको र उनी हिजो राती नगरदाहाबाट भोजमा सरिक भएर घर फर्किने क्रममा गस्तीमा रहेको प्रहरीले चलाएको गोली लागि मृत्यु भएको बताएका छन् । प्रहरीको गोली लागि घाइते भएका कमरुललाइ उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पलात बीरगंज तर्फल्याउदै गर्दा बाटो मै मृत्यु भएको आफ्न्तजनहरुले बताएका छन्. । सो घटनालाई लिएर आज मृतकका परिवारजन तथा गाउलेहरुले प्रहरी ज्यादति भएको भन्दै केही बेर बीरगंज बजार बन्द गराउदै मृतकका शवलाइ घण्टाघरमा राखि बिरोध प्रदर्शन गर्दै उचित क्षतिपुर्ति तथा दोषी प्रहरी माथि कारवाही माग समेत गरेका थिए । यता प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले घटना स्थलमा रहेका प्रहरी टोलीलाइ अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा झिकाइएको बताउनु भएको छ भने घटनाबारे छानबिनका लागि जिल्ला प्रशासन कार्यालयका प्रशासकिए अधिकृत नाथु साहको संयोजकत्वमा पाचँ सदस्यीय समिती गठन गरिएको र सोको प्रतिबेदन १५ दिन भित्र पेश गर्न निर्देशन दिइएको बताउनु भएको छ ।

No comments:
Post a Comment