ठुला तीन दलले राजनितीक सिन्डीगेट खडा गरेको नेता तामाङको आरोप
बीरगंज १३ पुस/ राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य बुद्धिमान तामाङले शान्ति र संबिधानका लागि साना दलहरुले दवाव दिएपनि ठुला दलहरुको सामु तयसको कुनै आवश्यकता नरहेको बताउनु भएको छ । बाँकी समाचार.......
आज बीरगंजको स्थानिय होटल सम्झनामा राष्ट्रिय प्रजातन्त्र पार्टी द्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रिय सदस्य तामाङले लोकतान्त्रीक शक्तिलाइ मजबुत बनाउनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी जनशक्ति पार्टीको एकिकरण भएको भन्दै ठुला तीन दलले राजनितीक सिन्डीगेट खडा गरेको आरोप लगाउनु भयो । वहाँले दुइ पार्टी बीचको एकिकरण महाधिबेशन अगामी बैशाखमा हुने जानकारी दिनुभयो । केन्द्रिय सदस्य तामाङले माओवादी लडाकुलाइ सेना समायोजन बिषेश समिती मार्फ सैधानतिक समिती भएको लामो समय बितीसकदा पनि अझै सम्म त्यसको प्रकृयाको ब्यवस्था मिलान नसकनुमा तीनबटै ठुला दलहरु जिम्मेवार रहेको बताउनु भयो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment