बीरगंज १३ पुस/ बीरगंज वडा नम्बर-१३ घडिअर्वा निवासी १३ बषिर्य नाबालिक सिवानी गिरीलाइ पे्रम जालमा फसाइ भगाइ लगेका सोही ठाँउ बस्ने सुसिल कुमार चौरसियालाइ पर्सा प्रहरीले उजुरीको आधारमा उपस्थित गराएको छ । बाँकी समाचार.......
बाबा बोर्डिङ स्कुलको कक्षा-६ मा अध्यनन्रत सिवानीलाइ एक महिना अघी स्कुल ड्रेसमै भगाइ लगेका चौरसियाले नेपाल तथा भारतको बिभिन्न ठाँउको भ्रमण पश्चात बृन्दाबनकै एक मन्दिरमा बिवाह गरेको सिवानीले बताइन् । नाबालिक सिवानीका बुवा आनन्दराज गिरीले जिल्ला प्रहरी कार्यालय पसामा उजुरी दिएका आधारमा केटा पक्षलाइ भारतबाट बीरगंज झिकाइ दुबै जोडीलाइ सम्बन्ध बिच्छेद गराउन खोज्दा नाबालिक सिवानीले आफु चौरसिया संगै बिवाह गर्ने बताएपनि सिवानीका अभिभावकहरुले नाबालक छोरीलाइ ललाइ फकाइ भगाएको आरोपमा छोरी भगाउने चौरसियालाइ कारवाही हुनुपर्ने बताएका छन् । यस घटनामा गिरी पक्षको तर्फाट महिला संजाल पर्साकी अध्यक्ष सरस्वती ढ्कालले न्याय दिलाउने बताउदै अन्य मानव अधिकारकर्मी, बिभिन्न संघ संस्था लगायत संचारकर्मीहरुलाइ सोबारेमा आवाज उठाइ दिन अनुरोध गर्नु भएको थियो ।
No comments:
Post a Comment