बीरगंज १२ पुस/ आइतबार साँझ वीरगंज आदर्शनगरस्थित स्पेशल टास्क फोर्सका प्रहरी जवान हंशलाल यादवले स्थानीय युवकलाई कुटपिट गरेको घटना सहमतिमा साम्य भएको छ ।
बाँकी समाचार......
हेल्मेट नलगाएर मोटर साइकल चलाएको विवादमा यादव समेतका प्रहरीको समूहले वीरगंज ३ का साविर हुसेनलाई निर्घात कुटपिट गरेका थिए । जिल्ला प्रहरी कार्यालयमा आज भएको सरोकारवालाहरुको बैठकमा प्रहरी नायब उपरीक्षक योगबहादुर पालले घटनाको जिम्मेवारी तथा प्रहरी जवान यादवले आफूबाट गल्ती भएको स्वीकार गर्दै क्षमायाचना गरेपछि पिडित पक्ष त्यहाबाट फर्केको थियो । हुसेनको हात, पिठयू, टाउको कम्मर लगायतका शरिरका बिभिन्न स्थानमा प्रहरीको कुटाइबाट चोटपटक लागेको छ ।
No comments:
Post a Comment