बीरगंज १२ पुस/ नेपाल मुस्लिम नागरीक समाज पर्साले पुस ५ गते प्रहरीको गोलीबाट मारिएका बिश्रामपुर-८ का कलिमुल्लाह अन्सारीको परिवारलाई २५ लाख रुपैया क्षतिपूर्तीको माग गरेको छ ।
बाँकी समाचार......
समाज पर्साका अध्यक्ष नेयाज अहमद अंसारीले आज एक विज्ञप्ति मार्फ यस्तो माग गरेका हुन् । विज्ञप्तिमा प्रहरीले अन्सारीलाई गाजा तस्कर रहेको आरोप लगाउदै गोली प्रहार गरेपनि उनी गाजा तस्कर नरहेको भन्दै क्षतिपूर्ती वापत पिडित परिवारलाई उक्त रकम माग गरिएको उल्लेख छ । घटनाको दिन अन्सारी नगरदाहा निवासी अजिज मियाको घरबाट भोज खाएर र्फकदै गर्दा मादक पदार्थ सेवन गरेका प्रहरीले उनलाई नियन्त्रणमा लिएको विज्ञप्तिमा भनिएको छ । करीब एक घण्टा सम्म अन्सारीले आफू गाजा तस्कर नभएको जिकिर गर्दा गर्दै पनि स्थानीय बासिन्दाको बिरोधका बावजुद पनि प्रहरीले उनलाई गोली प्रहार गरेको विज्ञप्तिमा भनिएको छ । जिल्लाको ग्रामिण भेकका प्रहरी चौकीहरुले गाजा तस्करसंग रकम उठाउने र उनीहरुलाई संरक्षण गर्ने बाहेक अन्य काम नगर्ने गरेको आरोप लगाउदै विज्ञप्तिमा उक्त घटनामा संलग्न प्रहरीलाई कारवाहीको माग समेत गरीएको
छ । उक्त घटनाको सम्बन्धमा छानबिनका लागि जिल्ला प्रशासन कार्यांलयका अधिकृत नाथु साहको संयोजकत्वमा पाच सदस्यिय छानबिन समिति यस अघिनै गठन भई सकेको छ ।
No comments:
Post a Comment