Pages

संबिधान निर्माण बारे एक दिने अन्तरकृया

बीरगंज १४ पुस/   संबिधान निर्माण प्रकृयामा नागरिक संगठनहरुको सरोकार बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम आज होटल सम्झनामा सम्पन्न भएको बाँकी समाचार....
 

गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्साले आयोजना गरेको सो अन्तरक्रियामा सहभागिहरु शान्ति प्रकृया संबिधान निर्माणको बर्तमान अवस्था, सहमति कायम गर्नुपर्ने, संबिधान निर्माणमा नागरिकको भुमिको बारेमा छलफल गरिएको थियो पत्रकार केशी लामिछानेले प्रस्तुत गर्नु भएको कार्यपत्रमा १२ बुंदे समझदारी, जनआन्दोलन २०६२/०६३ को सफलता, युद्धबिराम आचार संहिता, आठ बुंदे सम्झदारी पत्र, बिस्तृत शान्ति सम्झौता, अनतरिम संबिधानको निर्माण, मधेश ब्रि्रोह, समाबेसी संबिधान सभाको गठन, राजतन्त्रको अन्त्य, बहुमतीय प्रणालीमा प्रबेश, सेनापति प्रकरण जस्ता बुंदा उललेख गरिएको थियो अधिवक्ता कमल मोहन पोखरेलको सभापतित्वमा भएको सो कार्यक्रममा राजनितीक दल, मानव अधिकारकर्मी, नागरिक समाजका अगुवा लगायत बिभिन्न संघ संस्थाका प्रतिनीधिहरुले संबिधान निर्माणको सर्न्दर्भमा जनदवाव दिनु अगाडि बिभिन्न मुद्धामा अझै सहमति नभइ सकेको अवस्थामा संघियता, प्रधानमन्त्री चैन प्रकृया, एक मधेश एक प्रदेश जस्ता धेरै मुद्धाहरुमा बहसगरि सहमति कायम गर्नु पर्ने कुरामा जोड दिएका थिए

No comments:

Post a Comment