बीरगंज १२ पुस/ वातावरण संरक्षणका लागि वृक्षरोपण भन्ने मुल नाराका साथ पर्साको विरन्चिवर्वा स्थित शशिधर कृष्ण तिवारी प्रावि परिसरमा वृक्षारोपण गरिएको छ । बाँकी समाचार.......
अञ्चल प्रहरी कार्यालय नारायणीका प्रहरी वरिष्ठ उपरीक्षक गोपालप्रसाद भण्डारीले वृक्षारोपणको उद्घाटन गर्नुभएको थियो । स्थानीय जयमाकालिका युवा क्लबले गरेको कार्यक्रममा विभिन्न प्रजातिका तीन सय विरुवा रोपिएको थियो । कार्यक्रममा पर्सालाइ गाँजा खेतीमुक्त जिल्ला बनाउन योगदान पुर्याएको भन्दै प्रहरी वरिष्ठ उपरीक्षक भण्डारी र पर्साका प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठलाई दोसल्ला ओढाइ सम्मानित गरिएको थियो ।
No comments:
Post a Comment