Pages

मकैमा धोका खाए पछि तोरी खेती

बीरगंज १२ पुस/  बारा डुमरबाना-७ का किसानहरुले गत बर्षउनन्त जातको मकै खेतिबाट धोका खाएपछि हिउदे बालीमा परम्परागत तोरी खेति गरेका छन् । बाँकी समाचार........
साना किसान सहकारीबाट क्रृण लिएर लगाएको खेतीबाट धोका पाएका यहाका किसानले यस पटको हिउदेबालीमा तोरी रोजेका हुन् । तोरी खेतीको लागि अहिले सम्म घाम लागेर मौषमले पनि साथ दिदा किसान पनि दङग परेका छन् । बारा डुमरवाना-७ कतर्वाका तोरी कृषक सफला खरेलले मौषमले साथ दिएको बताउनु भयो । उहाले भन्नु भयो- हुस्सु लाग्यो भने तोरी खेतीको भर हुदैन् । अघिल्लो वर्षो मकै बाईट छ । तोरी खेती खर्च र मेहनतको आधारमा पनि राम्रो मानिए पनि घाम नलागे तोरी दाना लाग्दैन् । अघिल्लो वर्षमङसीरमा नै हुस्सु, तुसारो लागेको भए पनि यो वर्षपुष आधा भईसक्दा पनि तर्राईका जिल्लामा घाम लागीरहेको छ । जिल्ला कृषी कार्यालय बाराले यस वर्षजिल्लामा अघिल्लो वर्षो तुलनामा यो वर्षतोरीको उत्पादनमा बृद्धि भएको जनाएको छ ।

No comments:

Post a Comment