बीरगंज १२ पुस/ रौतहटमा गए राती शसस्त्र भुमिगत समुह सयुक्त जनतान्त्रीक मुक्ति मोर्चा ज्वाला सीहं समुहका समुह र प्रहरी बीच दाहोरो भिडन्त हुदाँ ज्वाला सीह समुहका दुइ जना कार्यकताको मृत्यु भएको छ । बाँकी समाचार.......
मृत्यु हुनेमा रौतहट सहर् इन्चार्ज कमल भनिने सुरेन्द्र मुखिया बिन र जिल्ला सेक्रेटरी उमेश भनिने हरिस चन्द्र सिहं रहेका छन् । हत्या भएका दुवै जिलला स्तरिय कार्यकता रहेको हुन् । भिडन्त धर्मापुरी गाविसको सिहांसनी गाउकोमा राती १० बजे भएको प्रहरीले जनाएको छ । गस्तिमा रहेको प्रहरी टोलीलाई ज्वाला समुहका कार्यकर्ताले गोली चलाउदा जवाफी कारवाहीमा चलाएको गोली लागि ज्वाला समुहका २ जना कार्यकताको मृत्यु भएको प्रहरीले बताएको छ । घटना स्थलबाट प्रहरीले २ थान थ्रिफिप्टीन बन्दुक, १० राउण्ड गोली र दस्तावेज, मोवाईल सेत बरामद गरेको छ । भिडन्तमा मारिएका दुवै जना कार्यकता तराइ मुक्ति मोर्चा पाटीबाट रुपैया र हातहतियारमा घोटाला गरेको आरोपमा पाटिबाट निस्कासीत भए पछि ३ महिना अघिमात्र ज्वाला समुहमा प्रवेश गरेका थिए ।
No comments:
Post a Comment