Pages

भारतीय प्रहरी द्वारा कलवार पक्राउ

बीरगंज १० पुस/  बीरगंज उपमहानगरपालिका वडा नम्बर-१३ निवासी दाल तथा जग्गाका कारोवाही लक्ष्मी कलवार उर्फ शम्भु कल्वारलाइ भारतीय प्रहरीले आज बीरगंजबाट पक्राउ गरि मोतीहारी जेल चलान गरेको छ । बाँकी समाचार......


भारतको रक्सौल तथा बीरगंज वडा नम्बर-७ घर भएका महेश अग्रवाल संग जग्गा खरिदका लागि १५ लाख रकम बैनाबट्टागरेका कलवारलाइ उक्त जग्गा बिक्री नगर्ने जवाफ दिएपछि कलवारले फोनबाट धम्की दिनुका सार्थै अग्रवालको बीरगंज स्थित घर तथा भारत लक्ष्मीपुर स्थित फ्याक्ट्रीमा बम बिस्फोट गराएको आरोपमा पक्राउ गरिएको हो । सोही बिषयलाइ लिएर आज ब्यापारीहरु बीच छलफल गरि उक्त बिवाद दुङ्गयाउने भनि बसेको बैठक स्थलबाट कलवारलाइ पक्राउ गरिएको बताइएको छ । कलवार उपर अपराधिक कृयाकलाप तथा बम बिस्फोट गराएको आरोपमा मुद्धा चलाइने भएपनि निजलाइ आजै मोतीहारी जेल चलान गरिएको बुझिन आएको छ ।

No comments:

Post a Comment