Pages

भोजपुरीमा रामायणपछि गीता






























बीरगंज २ पुस/  आदिकवि भानुभक्त आचार्य रचित रामायणको केही बर्षअघि भोजपुरी अनुवाद गरी सकेका नेपाली, हिन्दी र भोजपुरी भाषाका लेखक मुकुन्द आचार्यले अब श्रीमद भागवदगीताको पनि भोजपुरी भाषामा अनुवाद गरेका छन् । बाँकी समाचार.......




वीरगंजको गिता मन्दिरमा शुक्रबार गिता जयन्तीको अवसर पारेर आचार्यको उक्त कृतिको पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश अजयराज उपाध्याययले एक समारोहका बिच विमोचन गरेका छन् । गिता मन्दिर सन्चालक समितिका महासचिव मदनप्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा नारायणी बाङ्मय प्रतिष्ठानका अध्यक्ष इश्वरचन्द्र गौतम, भोजपुरी भाषाका अग्रज साहित्यकार पण्डित दीपनारायण मिश्र, साहित्यकार डा विश्वम्भर शर्मा, कृतिका प्रकाशक ओमप्रकाश जैसवाल, मदन गुप्ता लगायतकाले बोल्दै आचार्यको प्रयासको सराहना गर्दै यसबाट नेपालको भोजपुरी साहित्य र धार्मिक ग्रन्थको सम्वृद्धिमा योगदान पुग्ने बताए । आचार्यले भोजपुरी भाषाका लागि भानुभक्त आचार्य सरह योगदान दिएको चर्चा गर्दै वक्ताहरुले यो कृतिले भोजपुरी भाषीलाई भगवदगिताको पाठमा समेत सहज हुने भएकाले भोजपुरी भाषीको धर्मप्रतिको आस्थामा पनि वृद्धि हुने बताए । समारोहमा भोजपुरी प्रतिष्ठान पर्साका अध्यक्ष मास्टर तारा सिंहले कृति अनुवाद आचार्यको सम्मानमा भोजपुरीमा कृष्ण भजन सुनाएका थिए । कृति अनुवादक साहित्यकार आचार्यले धर्मको बाटोमा नहिडे सम्म शान्ति नमिल्ने बताउदै हिन्दू धर्म र संस्कृतिको शोध र सम्मान पश्चिमाहरुले गर्न थालिसकेको अवस्थामा हिन्दू आफैले आफ्नो धर्मबाट टाढिनु अनुचित रहेको बताएका थिए । समारोहका प्रमुख अतिथि पर्सा जिल्ला अदालतका न्यायाधीश उपाध्यायले धर्म भनेको अनुशासन हो र यसले आत्म शान्ति दिने बताए । उनले आचार्यको कार्यको सराहना गरेका थिए । रिपोर्टस क्लव पर्साका अध्यक्ष कन्हैया गुप्ताले स्वागत गरेको उक्त समारोहको संचालन मनोज उपाध्यायले गरेका थिए । हाल थानकोट ९ का स्थाई बासिन्दा ६६ बषिर्य आचार्यले चार दशक भन्दा बढि समय समय कलैयास्थित श्री ३ चन्द्र माबि तथा वीरगंजको ठाकुरराम कलेजमा प्राध्यापन गरेका थिए । उनको नेपाली साहित्यमा थुप्रै कृतिहरु प्रकाशित छन् । भोजपुरी साहित्यमा चीर स्थाई ग्रन्थ दिने उद्देश्यले आफूले भोजपुरीमा रामायण र गीताको अनुवाद गरेको लेखक आचार्यले बताए । नेपालको तेस्रो बढि बोलिने भाषा भएपनि भोजपुरी साहित्यमा ग्रन्थहरुको अभाव रहेको र त्यसमा पनि धार्मिक ग्रन्थहरु न्युननै रहेकाले आफूले भोजपुरी भाषाभाषीको सेवामा यो कृतिको अनुवाद गरेको आचार्य बताउछन् ।

No comments:

Post a Comment