ठूला तिन दलहरुले सविधान नबनाउन कसम खाएका छन - अध्यक्ष यादव
बीरगंज १५ पुस/ मधेशी जनअधिकार फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले ठूला तिन दलहरुले संविधान नबनाउन कसम खाएका छन भन्नु भयो । बाँकी समाचार......
मधेशी शिक्षक फोरम नेपालका प्रथम केन्द्रिय वाषिर्क सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सविधान बनाउदा स्वायत मधेश प्रदेश सहितको सघियता दिनु पर्छ भनेर नै तिन दलले सविधान नबाउने कसम खाएको बताउनु भयो । उहाले मधेश आन्दोलन नभएको भए सघियता, गणतन्त्र र समावेशी आउदैन थियो भन्दै ठूला तिन दलले सरकार गठन गर्न समेत बर्ेइमानी गरेको आरोप लगाउनु भएको छ । वर्तमान राष्ट्रको निकासका लागि ए माओवादीको सेना समायोजन गर्नुपर्छ सेना समायोजन नभए देश पुन द्धन्दमा फस्ने खतरा रहेको उहाले बताउनु भयो । अध्यक्ष यादवले वर्तमान शिक्षाको निती ठिक नरहेकोले राष्ट्रिको शिक्षा निती बदल्नु पर्छ भन्दै शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्नपर्नेमा्रको शिक्षा निती बदल्नु पर्छ भन्दै शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्नपर्नेमा जोड दिनुभयो । उहाले बहुदल आएपछि शिक्षाको स्तर दिनप्रतिदिन खस्कदो छ भन्दै शिक्षामा माफियाकरण भईरहेको बताउनु भयो । उहाले शिक्षक र शिक्षा क्षेत्रलाई समानगर्नुपर्ने मा जोडदिदै व्यक्ति, समाज र राष्ट्र समृद्धि सम्पन्ता र विकासको लागि शिक्षाको गुणस्तर उच्च हुनु पर्छ भन्नु भयो । उदघाटन सत्रमा फोरम नेपालका महासचिव रामसहाय यादव, कोषाध्यक्ष रेणु कुमारी यादव लगायतले लक्ष्य प्राप्त गर्न केवल श्रोत साधन भएर मात्र हुदैन इमान्दारिता हुन आवश्यक छ भनेका थिए । कार्यक्रम विश्वनाथ पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment