स्वर्गीय राजा बीरेन्द्रको शालिकमा माल्य अर्पण
बीरगंज १४ पुस/ स्वर्गीय राजा बीरेन्द्र शाहको ६६ औ जन्म जयन्तीको अवसरमा राष्ट्रिय सरोकार मंच नेपाल बीरगंजले आज एक समारोहका बीच प्रतिमा चौकमा रहेको स्वर्गीय बीरेन्द्रको शालिकमा माल्य अर्पण गरेको छ । बाँकी समाचार......
राष्ट्रिय सरोकार मंच नेपालका अंचल संयोजक नन्दकिशोर गोयलको सभापतित्वमा भएको सो माल्य अर्पण कार्यक्रमका प्रमुख अतिथी समाज सेबी पशुपति बिक्रम शाहले माल्य अर्पण गर्दै स्वर्गीय राजा बीरेन्द्रको जिवनीका बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा समाज सेबी गंगा बहादुर थापा, देशभकत तथा राजभक्त पशुपति रौनियार, रिपोर्टश कल्ब पर्साका अध्यक्ष कन्हैया गुप्ता, क्रियाशील युवा पत्रकार मंच नेपालका अध्यक्ष प्रणय कुमार, राजेन्द्र राम बरइ, योगेन्द्र साह कानु, बिक्की साह, मदन ठाकुर लगायतले स्वर्गीय राजा बीरेन्द्रको जिवनीका बारेमा चर्चा गरेका थिए । कार्यक्रमलाइ प्रभात काब्य यात्राका संयोजक अरुण बिक्रम शाहले संचालन गर्नु भएको थियो ।
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment