बीरगंज १ पुस/ पुर्व युवराज पारस शाहलाई प्रहरीले पक्राउ गरेको बिरोधमा राष्ट्रिय सरोकार मंच पर्साले आहवान गरेको बीरगंज बजार बन्दको अधिकान्स रुपमा प्रभाव परेको छ । बाँकी समाचार.........
राष्ट्रिय सरोकार मंच नारायणीका संयोजक नन्दकिशोर गोयलको संयोजकत्वमा वीरगंजको घण्टाघरबाट निकालीएको र्याली वीरगंजको पावरहाउस, मुर्ली चौक, बसपार्क, आदर्शनगर, अलखियामठ, विर्ता, छपकैया, भन्सार क्षेत्रमा टायर बाली प्रदर्शन गरेका थिए । बिहानै देखि नगरका सबै शिक्षण संस्थाहरु खोलेपनि बजारहर बन्द रहेका छन् । आज बिहानै देखि प्रदर्शनमा उत्रेका मंचका कार्यकर्ताहरुले घण्टाघरमा टायर बाल्न खोज्दा प्रहरी हस्तक्षेप गरि टायर बाल्न नदिएपछि कार्यकर्ताहरुले प्रहरी प्रशासन बिरुध चर्को नारा लगाएका थिए । बन्द सफल बनाउनका लागि हिजो साँझ बीरगंजको घण्टाघर चौकबाट मसाल जुलुस निकालीएको थियो ।

No comments:
Post a Comment