Pages

रुबेल चौधरीलाई कारवाहीको माग

बीरगंज २ पुस/ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पर्साले बंगलादेशी नागरिक रुबेल चौधरीलाई कारवाही गर्नुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेको छ । बाँकी समाचार.....


राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पर्साले वीरगन्जको विर्ता बजारस्थित पार्टी कार्यालयबाट निकालेको विरोध जुलुस नगर परिक्रमा पश्चात घण्टाघरमा पुगि कोणसभाको आयोजना गरी उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाको ज्वाई वंगलादेशी नागरिक रुबेल चौधरीमाथि कारवाही गर्न सरकारसंग माग गरेको छ । यसैगरी नेपाल राष्ट्रवाद संघ पर्साले उपप्रधानमन्त्री सुजाता कोइरालाको ज्वाई रुबेल चौधरीमाथि कारवाहीको माग गर्दै वीरगन्जमा विरोध प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रवाद संघ पर्साका अध्यक्ष जनकलाल साहको नेतृत्वमा निस्किउको विरोध जुलुसले नगर परिक्रमा गरी घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो । सो कोणसभालाई सम्बोधन गर्दै संघका अध्यक्ष साहले बंगलादेशी नागरिक रुबेल चौधरीले नेपाली नागरिकमाथि हस्तक्षेप गरेको आरोप लगाउदै चौधरीमाथि अविलम्ब कारवाहीको माग गर्नुभयो ।

No comments:

Post a Comment