गीता जयन्ती महायज्ञको सभासद द्वारा पुर्वाङ्ग
बीरगंज १ पुस/ ५९ औं गीता जयन्ती महायज्ञको गीता मन्दिरमा वैदिक विधिद्वारा संविधानसभाका सभासद ओमप्रकाश शर्माले हवन कुण्डमा अग्नी प्रज्वलित गरी पुर्वाङ्ग गर्नूभयो ।
बाँकी समाचा .........
सो पुर्वाङ्ग समारोहमा गीता मन्दिरको महन्थ भारत, वाराणासीबाट पाल्नु भएको मा करुणानन्द भारती, साधु समाजको ठूलो अखडा पञ्चायती अखडा महा निर्वाणी, शिवालाघाट वाराणासीका थानापति स्वामी अजय भारती, कथावाचक मुख्य आचार्य उमानाथ शर्मा, उपाचार्य क्षमानाथ शर्मा, गीता मन्दिरका पुजारी प्रयागराज तिवारी, गीता मन्दिर संचालक समितिका अध्यक्ष द्धारिका प्रसाद खेतान, महासचिव एवम् माइस्थान मन्दिर समितिका संचालक समितिका अध्यक्ष मदन गुप्ता, सचिव फुलचन्द अग्रवाल, सयौ भक्तजन, ब्राम्हण, स्थानीय संचारकर्मीहरु लगायतको उपस्थिति थियो । पुर्वाङ्ग पश्चात मूख्य यजमान सभासद ओमप्रकाश शर्माले गीता जयन्ति महायज्ञमा संलग्न ब्राम्हणहरुलाई टिका लगाएर दक्षिणा दिनुभएको थियो । कथा प्रवचन गीता मन्दिरमा मोक्ष एकादशी पुस २ गते देखि १० गतेसम्म विहान ८.३० बजेबाट बेलुकी ६ बजेसम्म प्रत्येक दिन संचालन हुनेछ । कथा वाचक मोरासिसबाट पाल्नु भएका उमानाथ शर्मा आचार्य रहनु भएको छ । ५९ बर्षेखि नेपालमा निरन्तर गीता जयन्तीको आयोजना भइरहेको महन्थ मा" करुणानन्द भारतीले बताउनुभएको छ । गीता अध्ययन मण्डलका संस्थापक ब्रम्हलीन १००८ स्वामी इश्वरानन्दले गीता जयन्तीको र्सवप्रथम शुभारम्भ गर्नुभएको थियो । गीता प्रचारक ब्रम्हलीन १००८ स्वामी इश्वराचन्दको चेली मा करुणानन्द गीता मन्दिर वीरगन्जको महन्थ हुनुहुन्छ । काठमाण्डौ,धरानमा पनि गीता मन्दिरमा गीता जयन्ती प्रत्येक बर्षमनाइन्छ । गीता जयन्तीको पूर्णाहुती पुस ११ गते हुनेछ । ११ दिनसम्म भक्तजनहरुको गीता मन्दिरमा मेला लाग्नेछ । प्रत्येक दिन गीता मन्दिरमा आरती, प्रसाद वितरण र भजन किर्तन हुने गीता जयन्ति समारोह समितिले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment