तेश्रो लिंगी वीचको विभेदता न्यून गर्नेबारे छलफल
बीरगंज ११ पुस/ सहयात्री समाज नेपालले आज अन्तरक्रयाको आयोजना गरि तेश्रो लिङ्गी बिचको बिभेधतालाई न्युन गर्न संचारकर्मीहरुले खेलेको भुमिका, राज्यको दृष्टी कोण समाजीक अवधारणाका बारेमा छलफल गरेको छ । बाँकी समाचार........
कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघका सभापति शत्रुघन नेपालले तेश्रो लिङ्गीका समस्याहरुबारे अनबिज्ञ रहेको अवस्थामा राष्ट्रीय स्तरका पत्रपत्रिका मिडीया क्षेत्रको प्रयासबाट समस्याहरु एजागर हुन थालेपछि मोफसलका पत्रकारहरुले तेश्रो लिङ्गीहरुको समस्याका बारेमा थोर बहुत जानकारी पाउन थालेको बताउनु भयो । तेश्रो लिङ्गीहरु द्धारा बर्तमान परिबेसमा स्वयम कार्यक्रमहरु द्धारा समाजमा प्रस्तुत भइ आफ्नो पहिचानको खोजीका लागि र्सार्वजनीक हुन थालेपछि संचारक्षेत्र संग नजिक भएको बताउनु भयो । वहाँले प्रहरी, पत्रकार, वकिल, पेशाकर्मीहरु बीच तेश्रो लिङ्गीकाबारेमा खुल्ला बहस हुन जरुरी रहेको बताउनु भयो । सहयात्री समाज नेपालकी अध्यक्ष सनध्या लामाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा राज्यले नाम मात्रका लागि तेश्रो लिङ्गीलाइ स्थान दिएको हुदा नै अहिले पनि जुन सुकै कार्यक्रममा महिला तथा पुरुषलाइ मात्र सम्बोधन गरिने तेश्रो लिङ्गीको उच्चारण समेत नहुने बताइयो । तेश्रो लिङ्गीलाइ यौनजन्य पेशामा हिडेको लान्छना लगाइने यौन शोसण गरिने समस्या समाजमा अझै रहेको र राज्यले हाल सम्म नेपाल कै कुल जनसंख्या मध्ये ५ प्रतिशतको हाराहारीमा रहेको तेश्रो लिङ्गीलाइ नेपाली नागरिकता प्रदान गर्ने ब्यवस्था नमिलाएको कारण पनि धेरै समस्याहरु झेल्नु परि रहेको बताइयो । नेपालको ४५ जिल्लामा सहयात्री समाज नेपालको शाखा बिस्तार गरिएको बताइएको अन्तरक्रिया कार्यक्रममा बीरगंजमा हाल चार हजारको संख्यामा तेश्रो लिङ्गी रहेको र ती मध्ये करिब एक हजार यौनकमी पेशामा लागेको समेत अन्तरक्रिया कार्यक्रममा बताएको थियो । उक्त कार्यक्रमलाइ सहयात्री समाज नेपालका जिना राणाले संचालन गर्नु भएको थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment