नेबिल बैंकको तेश्रो एटिएम सेवा शुरु
बीरगंज ६ पुस/ नविल बैङकको वीरगंजस्थित पावरहाउस शाखामा मंगलबारदेखि एटिएम सेवा सुरु गरीएको छ । बाँकी समाचार........
एक समारोहका बीच बैंकका सिनिरयर रिलेशनशिप म्यानेजर ज्ञानेश्वर आचार्यले एटिएम सेवाको रिवन काटेर उद्घाटन गर्नु भयो । समारोहलाई सम्बोधन गर्दै आचार्यले मुलुककै अग्रणी ज्वाइन्ट भेन्चर बैंकले आर्थिक नगरीको आफ्नो अर्को शाखाबाट एटिएम सेवा संचालन गर्न पाउदा आफूलाई अत्यन्तै खुशि लागेको बताउनु भएको छ । वहाँले यो समेत बैंकले मुलुक भरी आफ्नो ४२ शाखा मार्फ ६० स्थानबाट एटिएम सेवा दिई रहेको बताए । भविष्यमा पनि ग्राहकलाई र्सवसुलभ हुने गरी यो सेवा बिस्तार गर्दै जाने लक्ष्य बैङकको रहेको आचार्यले बताउनु भएको छ । वीरगंजमा रहेको आदर्शनगर र पावर हाउस चोक दुबै शाखाबाट अब बैंकले यो सेवा संचालन गरेको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment