बीरगंज १० पुस/ बारामा भएका छुट्टाछुटै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । बाँक सिमाचार.....
बाराको पिपरा सिमरा गाविसको औरहा चोकमा गएराति ना.३.ख ५३०३ नम्बरको बसले ठक्कर दिदा ना.७.प ३३३ नम्बरको मोटरसाइकल चालक भक्तराज श्रेष्ठको मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका बारा डुमरवानाका श्रेष्ठको उपचारका क्रममा वीरगन्जमा मृत्यु भएको हो । गम्भीर घाइते ओमराज पाण्डेको उपचार भइरहेको छ । त्यस्तै वीरगन्ज हेटौडा सडकखण्डस्थित बाराको चुरियामाई मन्दिर नजिकै आज बिहान भएको सवारी दुर्घटनामा ९ जना घाइते भएका छन् । काठमाडौंबाट जनकपुर जाँदै गरेको जी.जे ३ डब्लु ९७९९ नम्बरको भारतीय बसले वीरगन्जबाट हेटौंडा गइरहेको नम्बर नखुलेको ट्रकलाई ठक्कर दिएर अनियन्त्रित भइ पल्टिदा बसमा सवार ९ जना घाइते भएका हुन् । घाइतेमध्ये एक जना नेपाली र बाँकी भारतीय नागरिक हुन् । घाइते सबैको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment