बीरगंज १० पुस/ राजधानीमा शुक्रबार सम्पन्न युथ १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा एकै म्याचमा १० विकेट लिएर राष्ट्रिय किर्तिमान बनाएका क्षेत्र नम्बर १ वीरगंजका क्रिकेटर अविनाश कर्ण शनिबार गृहनगर वीरगंज र्फकदा उनलाइ सम्मान र अभिनन्दन ग्रहण गर्न भ्याइ न भ्याई भयो ।
बाँक सिमाचार........
दिउसो करीब तीन बजे वीरगंज आईपुगेका उनलाई वीरगंजबासीले भ्यानमा राखेर उनका खेलाडी साथी तथा प्रशिक्षक उमेश उपाध्याय सहित नगर परिक्रमा गराएका थिए । उनलाई घण्टाघरदेखि पटका,आतिशबाजी र व्यान्डबाजाले स्वागत गरिएको थियो । उनका प्रशंकले उनलाई बाजागाजा सहित नगर परिक्रमा गराउनुका साथै उनको टोल प्रगतिनगरस्थित जनजाति प्राविको प्राङ्गणमा प्रगतिनगरबासीले सम्मानित समेत गरे । सम्मान ग्रहण गरेपछि कर्णले वीरगंजबासीले आफूलाई दिएको सम्मान र प्रोत्साहनले भविष्यमा थप मेहनत गर्न उत्पे्ररित भएको प्रतिक्रिया दिए । वीरगंज उपमहानगरपालिकाको कार्यालयमा इन्जिनियर पदमा कार्यरत अविनाशका बुवा कौशलकिशोर कर्णले छोराले भविष्यमा खेल र पढाइ दुबैलाइ निरन्तरता दिएको आफूले हेर्न चाहेको बताए । हाल वीरगंज पब्लिक कलेजमा कक्षा ११ मा अध्ययनरत कर्णले पनि यस बर्षयुथ १९ प्रतियोगिताको लागि आफूले कडा मेहनत गरेकाले राम्रो नतिजा ल्याउनेमा आशावादी रहेको बताए । कर्ण आफनो सफलताको श्रेय आमाबुवाको प्रोत्साहन र प्रशिक्षक उमेश उपाध्यायको मेहनतलाई पनि दिन्छन् । कर्णका प्रशिक्षक उपाध्यायले आफूले सात बर्षयता उनलाई नियमित प्रशिक्षण दिदैं आएको बताए । उनले हाल पनि अविनाश मुलुककै उत्कृष्ट बलर रहेको दाबी गरे ।


No comments:
Post a Comment