Pages

धुमधामका साथ नेपालमा पनि क्रिसमस मनाइयो
















बीरगंज १० पुस/  क्रिस्चियनहरुको महान पर्व क्रिसमस आज नेपालमा पनि मनाएको छ ।
बाँकी समाचार......


यशु ख्रिष्टको जन्मोत्सवको खुसीयालीमा आजको दिन क्रिसमस मनाइने गरिएको हो । बाइबलका अनुसार मेरी र जोसफको गर्भबाट डिसेम्बर २५ का दिन जिशसले जन्म लिएको हुनाले पनि यसको अघिल्लो दिनलाई क्रिसमस इभ र जन्मेको दिनलाई क्रिसमस डे भन्ने गरिएको हो । विशेषगरी यस समयमा रातो र हरियो रंगको बिशेष महत्व रहने गरेको पाइन्छ । रातोलाई जिशसको रगतको प्रतीक मानिन्छ भने हरियो रंगले आन्तरिक जीवनको हरियालीलाई संकेत गर्ने मान्यता रहेको पाइन्छ । क्रिसमसको अवसरमा सान्ताक्रुसको प्रतीकमा बिभिन्न ब्यक्तिहरुले बालबालिकाका लागि खुशीका उपहारहरु पनि ल्याउने मान्यता रहेको छ । नेपालमा पनि क्रिस्चियन समुदायहरुले बडा दिनको अवसरमा एक आपसमा शन्ति, सदभाव र आत्मियताको शुभकामना आदानप्रदान गरिएको छ ।

No comments:

Post a Comment