रिहाईको माग विरोध प्रदर्शन
बीरगंज २९ मंसिर/ पुर्व युवराज पारस साहको ससम्मान रिहाईको माग गर्दै विभिन्न राष्ट्रवादी संघ संस्थाहरुले वीरगंजमा टायर बालेर प्रदर्शन गर्दै विरोध र्यालि निकालेका छन् । बाँकी समाचार ......
वीरगंजको घण्टाघरबाट निस्केको र्यालिले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । उनिहरुले विरगंजको पावरहाउस, मुर्ली चौक, बसपार्क, आदर्शनगर, अलखियामठ, विर्ता, छपकैया, भन्सार क्षेत्रमा टायर बाली प्रदर्शन गरेका छन । नेपाल राष्ट्रबाद संघका पर्सा अध्यक्ष जनकलाल साहको नेतृत्वमा विरोध र्यालि निकालीएको थियो । र्यालिमा पुर्व युवराज पारस र राजपरिवार समर्थित नाराबाजि गरेका थिए । यसैगरी राष्ट्रिय सरोकार मंच पर्साले पनि पारस पक्राउको विरोधमा वीरगंजको घण्टाघरमा उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोइरालाको पुत्ला जलाई विभिन्न चर्को नारा लगाएका छन ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment