प्रहरी महानिरीक्षक द्वारा सिसिटिभीको उदघाटन
बीरगंज २९ मंसिर/ नेपाल प्रहरीका महानिरीक्षक रमेशचन्द ठकुरीले सुरक्षीत बीरगंज योजना अन्तरगत आज सिसिटिभीको उदघाटन गर्नु भएको छ । बाँकी समाचार....
जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रण कक्षमा राखिएको सिसिटिभीको वहाँले रिबन काटेर उदघाटन गर्नु भएको हो । सुरक्षीत बीरगंज योजना अन्तरगत पहिलो चरणमा १५ लाखको आगतमा बीरगंजको मेनरोडका बिभिन्न सार्वजनिक स्थलमा ८ वटा क्यामेरा जडान गरिएका छन् । क्यामरामा कैद गरिएको दृश्य जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रण कक्षमा रहेको सिसिटिभीको पर्दामा हर्ेन सकिने पर्साका प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठले बताउनु भएको छ । बीरगंजको सुरक्षाका लागि सिसिटिभी जडान गरिएकोमा जिल्ला प्रहरी कार्यालय पर्सा, सरोकारवाला र सहयोगिहरुलाई महानिरीक्षक रमेशचन्द ठकुरीले धन्यवाद दिनुभयो । सिसिटिभीले सुरक्षा बेवस्थालाई थप चुनौति दिएको भन्दै महानिरीक्षक ठकुरीले सुरक्षा ब्यवस्थालाई अझ प्रभावकारी बनाउन सुरक्षा निकायलाई निर्देशन दिनुभयो । सुरक्षीत बीरगंज योजना अन्तरगत पहिलो चरणमा १३ वटा सिसिटिभी जडान गरिने बताइएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment