Pages

सिमरौनगढ पर्यटन विकासको रकम हिनामिन

बीरगंज ८ मंसिर/ सिमरौनगढ क्षेत्रको पर्यटन विकासका लागि पर्यटन तथा नागरिक उडड्यान मन्त्रालयले जिल्ला विकास समिति बारामा उपलव्ध गराएको ४५ लाख रुपैया काम नगरी हिनामिना भएको छ । बाँकी समाचार.........
 

जिल्ला विकाश समितीका कर्मचारीहरुले स्थानीयस्तरमा गठन गरिएको अनुगमन समितिका सदस्यहरुसंग सर्म्पर्क नै नगरी अमानतमा काम गरेर रकम हिनामिना गरेका हुन । 'रकम अनुसारको पुरा काम भएको छैन । आनुगमन समितिका अध्यक्ष हरेन्द्र कुशवाहाले खर्च  नगरी कर्मचारीहरुले पेश्की फस्र्यौट गर्ने तयारी गरेका छन । मन्त्रालयले जिल्लाको ऐतिहासिक र धार्मिक महत्वको स्रि्रौनगढ क्षेत्रको पर्यटन विकासकोलागि जिल्ला विकाश समिती मार्फ दुइ बर्ष अघि रकम उपलव्ध गराएको थियो । जिल्ला विकास समितीकाले कंकाली र रामजानकी मन्दिरमा रंगरोगन र केही भागमा पर्खाल र इशरा तथा झरोखर पोखरीमा पक्कीघाट निर्माणको काम मात्र गरेको कुशवाहाले जानकारी दिनुभयो । 'दश लाख पनि खर्च भएको छैन,' कुशवाहाले 'अनुगमन समितिले पनि खर्चको हिसाव राखेको र अवश्यक परे देखाउने बताउनु भयो । अनुगमन समिति र जिल्ला विकाश समिती बीच सो रकम मध्ये १९ लाख कंकाली मन्दीर र २० लाख रानीबास क्षेत्रको जिर्णोधार र बाकी रकम झरोखर पोखरीको संरक्षणमा खर्च गर्ने योजना तयार भएको थियो । जिल्ला विकास समितीका ओभरसियर जाकिर हुसेनले भने सबै रकम खर्च गरेर योजना सम्पन्न गरेको बताउनुभयो । जिल्ला विकाश समिती बोर्डको निर्णय अनुसार पेश्की लिएर अमानतमा काम गरेको हुसेने जानकारी दिनुभयो । आर्थिक बर्षो अन्त्यमा मन्त्रालयबाट निकासा आएकाले रकम फिरीज हुनबाट जोगाउने भन्दै जिल्ला विकास समितीकाले ओभरसियर हुसेन र किशोर यादवको नाम पेश्की दिएको हो । सो रकम हुसेन र यादवले व्यक्तिगत बैङ्क खातामा जम्मा गरेका थिए । विकास रकम हिनामिना भएपछि स्थानीयबासिन्दाहरु जिविस विरुद्ध अख्तियार दुरुपयोग आयोगमा उजुरी हाल्ने तयारीमा लागेका छन । रकम हिनामिना भएको देखिएकाले छानविनकोलागि आफुहरु अख्तियारमा जाने तयारीमा लागेको अमृतगंज गाविसका पुर्व अध्यक्ष गगनदेव कुशवाहाले बताउनुभयो । कर्मचारीले अनुगमन समितिलाई खर्चको विवरण समेत नदेखाएको कुशवाहाले भन्नुभयो । जिल्ला विकास समितीका योजना फाटका नायव सुब्बा वीरेन्द्र कुशवाहाले कर्मचारीहरुले लिएको स्रि्रौनगढ पर्यटन विकासको पेश्की फर्श्यौट भैनसकेको जानकारी दिनुभएको छ ।

No comments:

Post a Comment